प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
फाल्गुण २०८०
१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित गुम्बाटोल भित्री सडक खण्डमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले रोकी राखेको BR 01BF5581 नम्बरको हुन्डाई कम्पनिको कार शंका लागी चेकजाँच गर्दा उक्त कारको पछाडी डिक्कि र पछाडि सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको १२ पोका अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेकोले उक्त लागुऔषध गाँजा सहित कार, कार चालक जिल्ला बारा, जितपुर सिमरा उप-नगरपालिका-७, बस्ने वर्ष १९ को साबिर अंसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध चरेस सहित २ जना नियन्त्रणमा
२०८०-११-२७

धादिङ, थाक्रे गाउँपालिका-३, अमर्ख स्थित महादेववेशीबाट मकवानपुर जाने भित्री सडक खण्डमा प्रहरी चौकी महादेववेशीबाट खटि गएको प्रहरी टोलिले चेकजाचँ गर्ने क्रममा आग्राबाट महादेववेशी तर्फ आउँदै गरेको ना ४ ख ४८३ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, थाहा नगरपालिका-८, आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र सोही ठेगाना बस्ने २३ वर्षीय नारायण दमाईको साथबाट अन्दाजी ९ किलो ५०० ग्राम लागुऔषध चरेस फेला परेकोले उक्त लागुऔषध चरेस सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२५

धादिङ, गजुरी गाउँपालिका-५, माने भन्ज्याङ स्थित ईलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलीले माने भन्ज्याङबाटबाट मलेखु तर्फ जाँदै गरेको बा.प्र.०२-०३० प ७०२५ नम्बरको मोटरसाईकलमा चरेश जस्तो देखिने लागुऔषध बोकी जाँदै गरेको अवस्थामा शंका लागी मोटरसाईकललाई सोही स्थानबाट पिछा गर्दै जाने क्रममा जिल्ला धादिङ, गजुरी गाउँपालिका-२, मलेखु भन्ने स्थानमा उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो झोला भित्र ३ वटा घिउको बट्टामा ४ किलो ५३५ ग्राम चरेश जस्तो देखिने लागुऔषध र नेपाली रू ३०,०००।- (तिस हजार) नगद सहित मोटरसाईकल चालक जिल्ला धादिङ, गजुरी गाउँपालिका-४ बस्ने ३६ वर्षीय विजय प्रजा र पछाडी सवार सोही ठेगाना बस्ने ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु
२०८०-११-२४

सिन्धुली, कमलामाई नगरपालिका-३, सोलाभञ्ज्याङ तुफान डाँडा स्थित सिन्धुली चपौली जाने भित्री सडक खण्डमा सिन्धुलीबाट चपौली तर्फ जाँदै गरेको प्र.२-०३-००१ त ४११३ नम्बरको सिमेन्ट र रड लोड भएको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसि दुर्घटना हुदाँ ट्याक्टर चालक जिल्ला सिन्धुली, तिनपाटन गाउँपालिका-१ बस्ने अन्दाजी २५ वर्षीय गोपाल तोलाङगी सामान्य घाईते र सोही ट्याक्टरमा सवार जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका-५ बस्ने ३० वर्षीय दिनेश काफ्ले गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली तर्फ पठाएकोमा निज दिनेश काफ्ले उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

धादिङमा सवारी दुर्घटना हुँदा ७ को मृत्यु
२०८०-११-२४

धादिङ गजुरी गाउँपालिका-५, घांटबेशि स्थित पृथ्वीलोकमार्गमा लुम्बिनीबिलोकमार्गमा कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु २ ख २१२१ नं.को ५१ जना यात्रु सवार बस अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुली नदिमा खस्दा ७ जनाको मृत्यु भएको र ४४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको छ ।मृतकहरू१) जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका-२, बस्ने वर्ष ३४ कि रोमी श्रेष्ठ ।२) जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१०, बस्ने वर्ष ५५ को बेखा पुटुवार ।३) जिल्ल रुपन्देही मायादेवी गाउँपालिकार-४, बस्ने वर्ष ३५ को नासिर अलि  ।४) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-९, बस्ने वर्ष ३५ को जोगिन्दर यादव ।५) जिल्ला कपिलवस्तु सुद्धोधन गागरपालिका-८,  बस्ने वर्ष २६ को महेन्द्र चौधरी ।६) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-३, बस्ने वर्ष २१ को किशोर राम कलवार । ७) जिल्ला रुपन्देही कोटईमाई गाउँपालिका-२, बस्ने वर्ष ३४ को सराजुद्दिन मुसलमान ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना.६ ख.३५५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रौतहट, माधव नारायण नगरपालिका-१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादवले बोकेको भिर्ने झोलालाई  शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला परेको हुँदा लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको भवनहरूको समुद्‍घाटन
२०८०-११-१६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको कार्यालय भवनहरूको समुद्‍घाटन भएको छ । आज आयोजित २ चरणको समुद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा पहिलो चरण अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडा र दोस्रो चरणमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाको कार्यालय भवनहरूको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो  । उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठज्यू, आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौडाका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, नेपाली सेनाको महासेनानीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी संगठन बागमती प्रदेशका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।साथै प्रमुख अतिथिज्यूबाट भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।

४० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८०-११-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा.३ ख.८३८२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडी डिक्कीमा ४ ओटा झोलामा लागुऔषध गाँजा अन्दाजी १० किलोग्रामको दरले जम्मा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागु औषध सहित जिल्ला चितवन, कालिका नगरपालिका-११ बस्ने अन्दाजी ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, र सोही ठेगाना बस्ने अन्दाजी ४१ वर्षीय दिपलाल प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना. ७ ख. ६०७६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कपिलबस्तु घर भई हाल जिल्ला मकवानपुर, मनहरी गाउँपालिका स्थित डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीया शिरपतिया चौधरीले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी १२ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६२० किलो ४४ ग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-१५

धादिङ, गजुरी गाउँपालिका-२, बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय, धादिङबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट सर्लाही तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको टाटा मिनि ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मिनि ट्रकमा कबाडीको सामान भित्र लुकाई छिपाई राखेको ६२० किलो ४४  ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८०-११-०९

धादिङ, धुनिवेशी नगरपालिका-१, डाँडाथोक बस्ने वर्ष १७ की रिया बास्कोटा आफ्नै घरको आफु सुत्ने कोठामा रहेको झ्यालको पर्दा लगाउने हुकमा सलको पासो लगाई  झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर, बकैया गाउँपालिका-३, बकैया बस्ने अन्दाजी ५०/५५ वर्षीय राजमान भम्जन बकैया पुलको रेलिङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१२,  चिप्लेटि बस्ने अन्दाजी ३५/३६ वर्षीय नुजराज मगराति मगर आफ्नै घरको काठको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<